२०८३, आश्विन १९ गते

images
  • बिमा
  • निर्जीवन बीमामा मोटर बीमाको वर्चस्व घट्दै,...

निर्जीवन बीमामा मोटर बीमाको वर्चस्व घट्दै, सम्पत्ति बीमाको हिस्सा उकालो

निर्जीवन बीमामा मोटर बीमाको वर्चस्व घट्दै, सम्पत्ति बीमाको हिस्सा उकालो

बुधवार, आश्विन २२ २०८२०१:४६
बुधवार, आश्विन २२ २०८२०१:४६
  • images

    काठमाडौं । नेपाली निर्जीवन बीमा बजारमा लामो समयदेखि अग्रस्थानमा रहँदै आएको मोटर बीमाको हिस्सा घट्ने क्रममा देखिएको छ। त्यसको साटोमा बीमा कम्पनीहरू सम्पत्ति बीमा लगायतका क्षेत्रमा सक्रिय हुन थालेका छन्।

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन र भदौ) निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। योमध्ये मोटर बीमाबाट २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ आर्जन भएको छ, जसले कुल व्यवसायको २७.८१ प्रतिशत हिस्सा ओगटेको छ।

    गत वर्षको सोही अवधिमा मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत रहेको थियो। यो तथ्यले मोटर बीमाको बजार हिस्सा क्रमशः घट्दै गएको स्पष्ट संकेत गर्छ।

    बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय इलेक्ट्रिक सवारीसाधनको प्रयोग बढ्दै गएको छ, जुन परम्परागत मोटर बीमा मोडेलमा समेट्न कठिन भइरहेको छ। नेपाल बीमा प्राधिकरणले यद्यपि, मोटर बीमा दर निर्देशिका, २०७३ मा EV का लागि छुट्टै अध्याय थप्ने प्रस्ताव गरे पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।

    बीमा कम्पनीहरूले EV सवारीहरूको बीमा गर्दा डिप्रेसिएसन र क्षतिपूर्तिको विषयमा प्रस्टता नभएको, तथा यस्ता सवारीसाधनमा बीमा कम्पनीलाई घाटा लाग्न सक्ने जोखिम रहेको जनाएका छन्।

    सम्पत्ति बीमाको हिस्सा बढ्दै

    यता, मोटर बीमाको हिस्सा घट्दा सम्पत्ति बीमाको बजार हिस्सा भने उत्साहजनक रूपमा बढेको छ। चालु आवको पहिलो दुई महिनामा २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा कारोबार भएको छ, जुन कुल निर्जीवन बीमा कारोबारको ३०.३२ प्रतिशत हो। गत वर्षको सोही अवधिमा यो हिस्सा २९.६८ प्रतिशत मात्र थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend