२०८३, आश्विन २० गते

images

सेयर बजारमा फेरि गिरावट, २३२ कम्पनीका शेयरमूल्य घटे

सेयर बजारमा फेरि गिरावट, २३२ कम्पनीका शेयरमूल्य घटे

बुधवार, आश्विन २२ २०८२०३:१६
बुधवार, आश्विन २२ २०८२०३:१६
  • images

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घट्दै ४५.३६ अंकले ओरालो लागेको छ। आजको कारोबारपछि नेप्से २,५५९.५९ विन्दुमा बन्द भएको छ।

    आज बजारमा कुल १ करोड ३७ लाख कित्ता शेयर किनबेच भएका छन्, जसको मूल्य ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबर रहेको नेप्सेले जनाएको छ।

    आज १८ कम्पनीका शेयरमूल्यमा वृद्धि भए पनि २३२ कम्पनीका शेयरमूल्य घटेका छन् भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। बजारमा समग्रमा बिक्री दबाब बढेको देखिएको छ।

    सर्वाधिक कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमा भएको छ। कम्पनीको २६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    लगानीकर्ताहरूका अनुसार बजारमा हाल निरन्तर घट्दो प्रवृत्तिले साना लगानीकर्ताहरूमा निराशा छाएको छ। विश्लेषकहरूले भने बजारमा निकट भविष्यमा स्वाभाविक सुधारको अपेक्षा गर्न सकिने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend