२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ...

‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु…! के सोच्या ?’

‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु…! के सोच्या ?’

बिहिवार, आश्विन २३ २०८२०२:१५
बिहिवार, आश्विन २३ २०८२०२:१५
  • images

    भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कटु आलोचना गरेका छन् । भक्तपुरको गुण्डुृमा आयोजित एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्र्दै वर्तमान सरकार संविधान विपरित बाटोबाट बनेको आरोप लगाए । साथै वर्तमान सरकारले आफूसहितका नेताहरुको पासपोर्ट रोक्कादेखि काठमाडौं छाड्न नदिने निर्णयप्रति थप कटाक्ष गरे ।

    ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु…! के सोच्या ?,’ उनले भने । त्यस्तै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालमाथि समेत कटाक्ष गरे । उनले आफूले गृहमन्त्रीको यसअघि नाम नै नसुनेको भन्दै गृहमन्त्रीले जनतालाई शान्ति सुरक्षा दिन नसक्ने समेत दाबी गरे ।

    ‘गृहमन्त्री भएपछि मात्रै ओमप्रकाश अर्यालको नाम सुनेको हुँ,’ उनले भने । ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नेपाल र नेपालीको प्रतिनिधि नरहेको समेत आरोप लगाए । साथै वर्तमान सरकारको उदेश्य निर्वाचन गराउनु नरहेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend