२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, एकताको...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, एकताको विषय छलफल हुने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, एकताको विषय छलफल हुने

शुक्रवार, आश्विन २४ २०८२१०:१३
शुक्रवार, आश्विन २४ २०८२१०:१३
  • images

    काठमाडौँ । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।

    बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

    लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । 

    समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend