काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ बढेसँगै सुनको मुल्यले कीर्निमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ५५ मा कारोबार भइरहेको छ।

