२०८३, आश्विन २० गते

images

शेयर बजारमा दिनभर उत्तार चढाब, के लगानीकर्ताको मनबल घटेको हो ?

शेयर बजारमा दिनभर उत्तार चढाब, के लगानीकर्ताको मनबल घटेको हो ?

बुधवार, भाद्र १२ २०८१०३:३३
बुधवार, भाद्र १२ २०८१०३:३३
  • images

    काठमाडौँ । शेयर बजारमा  बुधबार दिनभर उत्तारचढाब आएको छ । बुलिश बजार रहेको  नेप्से सूचकमा गिरावट आउन थालेसँगै लगानीकर्ता नाफा बुक गर्न तर्फ केन्द्रित भएका छन् ।

    नेप्से बजार बन्द हुनेबेलासम्म आइपुग्दा ३।८० अंकले बढेर २ हजार ७८६।४० विन्दुमा आइपुगेको छ । नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकम ह्वात्तै घटेको छ । विस्तारै नाफा बुक गर्ने लगानीकर्ता सकिदै गएका देखिन्छन् ।  किन्ने लगानीकर्ता नहुने र  नाफा बुक गर्ने लगानीकर्ता मात्र हुँदा कारोबार रकम घट्ने विज्ञहरु बताउँछन् । 

    धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२६ कम्पनीको  ३ करोड ५० लाख कित्ता शेयर खरिदविक्रिहुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा चन्द्रागिरी हिल्स  कम्पनीको ४३ करोड ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । 

    त्यस्तै दोस्रो ठुलो कारोबार गर्ने कम्पनीमा  नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स कम्पनी, अपी पावर कम्पनी, अरुणभ्याली हाइड्रो पावर कम्पनीको ३३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

    चारवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । लिवर्टी इनर्जी पावर, हिमालयन हाइड्रो, मिडसोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर  सर्किट लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend