२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

मंगलवार, आश्विन २८ २०८२०८:०६
मंगलवार, आश्विन २८ २०८२०८:०६
  • images

    काठमाडौँ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

    आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।

    जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।

    आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend