२०८३, आश्विन १९ गते

images
  • बिमा
  • जेनजी प्रदर्शनमा क्षति भएका बीमा दावीमध्ये...

जेनजी प्रदर्शनमा क्षति भएका बीमा दावीमध्ये शिखर इन्स्योरेन्सबाट ४२ करोड रुपैयाँ भुक्तानी

जेनजी प्रदर्शनमा क्षति भएका बीमा दावीमध्ये शिखर इन्स्योरेन्सबाट ४२ करोड रुपैयाँ भुक्तानी

सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२१२:२५
सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२१२:२५
  • images

    काठमाडौं। गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगलागी र लुटपाटका कारण देखिएको आर्थिक क्षतिका बीमा दावीमध्ये शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी भुक्तानी दिएको छ। कम्पनीले हालसम्म २१८ वटा बीमा दावीहरू फर्स्यौट गर्दै ४२ करोड १० लाख ७४ हजार रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ।

    जेनजी आन्दोलनका कारण देशभरबाट बीमा कम्पनीहरूमा जम्मा २३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा दावी दर्ता भएको छ। तीमध्ये शिखर इन्स्योरेन्समा मात्र ४३३ बीमा पोलिसीमार्फत २ अर्ब ४१ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको दावी दर्ता भएको थियो।

    शिखर इन्स्योरेन्सले तीमध्ये ४२ बीमा दावीहरू फुल सेटल गर्दै १ करोड ९२ लाख ७० हजार रुपैयाँको भुक्तानी गरिसकेको छ। त्यस्तै, कम्पनीले थप १७६ बीमा पोलिसीहरूमा एडभान्स भुक्तानी स्वरूप ४० करोड १८ लाख ४ हजार रुपैयाँ वितरण गरिसकेको जानकारी दिएको छ।

    फर्स्यौट भएका बीमा दावीहरूमा सवारी साधन, मोटरसाइकल, सम्पत्ति र इन्जिनियरिङ बीमा रहेका छन्। शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेका अनुसार, आपतकालीन अवस्थामा बीमाले राहत पुर्‍याउने भएकाले कम्पनीले दावी भुक्तानीलाई उच्च प्राथमिकता दिएको हो।

    उनले भने, “बीमा गर्ने उद्देश्य नै संकटमा सहयोग प्राप्त गर्नु हो। त्यसैले हामीले प्रभावित बीमितहरूलाई छिटो राहत पुर्‍याउनेतर्फ ध्यान केन्द्रित गरेका छौं।”

    बीमा शुल्क संकलनको आधारमा अग्रणी कम्पनीको रूपमा परिचित शिखर इन्स्योरेन्सले अघिल्ला वर्षहरूमा बाढीपहिरो, आगलागी र अन्य विपद्को समयमा समेत प्रभावकारी बीमा सेवा दिँदै आएको छ। यस किसिमको सक्रियता र भरपर्दो सेवाका कारण कम्पनी नेपाली बीमा बजारमा ‘मार्केट लिडर’ को रूपमा स्थापित हुँदै गएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend