२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेसको कार्यवहाक सभापतिको जिम्मा खड्कालाई, बिहीबारसम्म...

कांग्रेसको कार्यवहाक सभापतिको जिम्मा खड्कालाई, बिहीबारसम्म स्थगित भयो बैठक

कांग्रेसको कार्यवहाक सभापतिको जिम्मा खड्कालाई, बिहीबारसम्म स्थगित भयो बैठक

मंगलवार, आश्विन २८ २०८२०३:२६
मंगलवार, आश्विन २८ २०८२०३:२६
  • images

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ ।

    आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् ।

    sherbhadur deuwa.jpg

    ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

    बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend