२०८३, आश्विन २० गते

images

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २५२८ विन्दुमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २५२८ विन्दुमा

मंगलवार, आश्विन २८ २०८२०३:४१
मंगलवार, आश्विन २८ २०८२०३:४१
  • images


    काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.४३ अंकले घट्दै ०.७६ प्रतिशतले घटेर २५२८.१६ विन्दुमा पुगेको हो। आज ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ। दिनभरमा ३१७ कम्पनीका ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    लगानीकर्तामध्ये आज शुभम पावर र ग्रामीण विकास लघुवित्त का लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स का लगानीकर्ताले ५.८६ प्रतिशत लाभ पाएका छन्।

    उता, समाज लघुवित्त वित्तीय संस्था का लगानीकर्ताले १० प्रतिशत घाटा बेहोर्नुपरेको छ, जसले आज बजारमा सबैभन्दा ठूलो मूल्य गिरावट भोग्यो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend