२०८३, आश्विन २० गते

images

सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २५०५ विन्दुमा

सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २५०५ विन्दुमा

बुधवार, आश्विन २९ २०८२०३:५६
बुधवार, आश्विन २९ २०८२०३:५६
  • images

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स २.९२, फ्लोट इन्डेक्स १.३८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०५ अंकले घटेका छन्।

    आज कारोबार रकम ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन मंगलबारको ३ अर्ब ३६ करोड भन्दा केही कम हो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक मात्र बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड उपसमूहले सामान्य वृद्धि देखाएको छ। व्यापार उपसमूहको परिसूचक २.०९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

    आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.९३ प्रतिशतले सर्वाधिक बढेको छ। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको आज २० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको करिब १३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend