२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ एजेन्डामा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ एजेन्डामा केन्द्रित हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ एजेन्डामा केन्द्रित हुने

बिहिवार, आश्विन ३० २०८२०३:०१
बिहिवार, आश्विन ३० २०८२०३:०१
  • images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारबाट शुरू हुँदैछ र बैठक ८ वटा एजेन्डामा केन्द्रित हुने भएको छ।

    मुख्य एजेन्डामा जेनजी आन्दोलनबाट विकसित घटना, १५ औँ महाधिवेशन, प्रतिनिधिसभा विघटन र फागुन २१ गते हुने निर्वाचन रहेका छन्। कार्यसम्पादन समितिको बैठकले यी एजेन्डासहित ८ वटा एजेन्डा तय गरेको छ।

    केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले ८ एजेन्डा तय भइसकेको र अब केन्द्रीय समिति बैठकमा छलफल हुने जानकारी दिए।

    सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।
    बैठकका ८ एजेन्डा :

    १. जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा ।

    २. पार्टीको पन्ध्रौं महाधिवेशन तयारी सम्बन्धमा ।

    ३. प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सम्बन्धमा ।

    ४. तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालय लगायतका मुलुकभरका विभिन्न कार्यालयहरूको पुनः निर्माण सम्बन्धमा ।

    ५. मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था सम्बन्धमा ।

    ६. प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माण सम्बन्धमा ।

    ७. कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा ।

    ८. विविध ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend