काठमाडौं । आइतबार नेप्से परिसूचक १६.६७ अङ्कले बढेर २,५०३ अङ्कमा पुगेको छ। निरन्तर घट्दै आएको नेप्से आज सामान्य वृद्धि भएको हो।
तर, कारोबार रकम भने घटेर २ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ। गत बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।
आज १६३ कम्पनीको शेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ र ८ कम्पनी स्थिर रहेको छ।
उपसमूहमध्ये १० वटा उपसमूहको सूचक बढेको छ। बैंकिङ ०.८७%, फाइनान्स ०.५१%, होटल तथा पर्यटन ०.७२%, हाइड्रोपावर ०.७०%, लगानी ०.७५%, जीवन बीमा ०.३३%, उत्पादन तथा प्रशोधन ०.९०%, माइक्रोफाइनान्स ०.४७%, अन्य १.१६% र व्यापार ०.९०% बढेका छन्।
विकास बैंक ०.२१%, निर्जीवन बीमा ०.३४% र म्युचुअल फण्ड ०.१३ अङ्कले घटेका छन्।
आज आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १०% ले बढेको छ। भगवती हाइड्रोपावर ९.८८%, एसियन हाइड्रोपावर ७.८०% र अभियान लघुवित्त ६.०१% ले बढेका छन्। हिमालयन म्युचुअल फण्ड र कालिका लघुवित्तका शेयर मूल्य घटेका छन्।
कारोबारको आधारमा नेपाल रिलायन्स कम्पनीको सबैभन्दा बढी, २८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

