काठमाडौं । सेयर बजारमा उच्च अंकले वृद्धि देखिएको छ। नेप्से परिसूचक ३४.२२ अंक बढेर २६०० को बिन्दुमा कायम भएको छ।
आज शेयर बजार बढेसँगै विभिन्न सेक्टरका २१६ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ। त्यस्तै, दुई कम्पनी गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज मूल्य बढाएका अन्य कम्पनीहरूमा सुपरमादी हाइड्रोपावर ९.५४%, गणपति लघुवित्त ९.४६% र पिपल्स हाइड्रोपावर ९.०८% रहेका छन्। बजारमा देखिएको यो वृद्धिले लगानीकर्ताबीच सकारात्मक सन्देश फैलाएको बताइएको छ।

