२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस सुधार समूहले पार्टी कार्यालयमा तालाबन्दी...

कांग्रेस सुधार समूहले पार्टी कार्यालयमा तालाबन्दी : महाधिवेशनको माग

कांग्रेस सुधार समूहले पार्टी कार्यालयमा तालाबन्दी : महाधिवेशनको माग

आइतवार, कार्तिक १६ २०८२०३:५०
आइतवार, कार्तिक १६ २०८२०३:५०
  • images

     

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ समूहले तालाबन्दी गरेको छ। पार्टीभित्रको नेतृत्व सुधार र युवा सहभागिता सुनिश्चित गर्न माग गर्दै उक्त समूहका कार्यकर्ताहरूले पार्टी मुख्यालयको गेटमै पुगेर तालाबन्दी गरेका हुन्।

    सुरक्षा घेरा तोड्दै प्रदर्शनमा उत्रिएका सुधार अभियानका युवायुवतीहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यालय अगाडि नाराबाजी पनि गरे। उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !”, “आम कांग्रेसजन र युवाको भावना नजरअन्दाज नगरियोस् !”, “पार्टीमा नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर” भन्ने माग राख्दै प्रदर्शन गरेका थिए।

    गेटमा तालाबन्दी भएपछि पार्टी कार्यालयभित्र प्रवेश गर्न नसक्ने अवस्था बनेको थियो। पार्टी कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका युवाहरूले केही समयसम्म नाराबाजी गर्दै नेतृत्वको आलोचना गरे। उनीहरूले पार्टी नेतृत्वले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको आरोप समेत लगाए।

    ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ नामक समूहले पार्टीभित्र ४० वर्ष मुनिका युवाहरूलाई सशक्त प्रतिनिधित्व दिलाउन, नियमित महाधिवेशन गर्न र संगठनलाई संस्थागत सुधारतर्फ लैजान माग गर्दै आएको छ। उनीहरूले विगतमा पनि विभिन्न पत्र–स्मरणपत्रमार्फत पार्टी शीर्ष नेताहरूसमक्ष माग राख्दै आएका थिए।

    पार्टीभित्र जारी आन्तरिक असन्तुष्टिलाई प्रतिनिधित्व गर्ने यो आन्दोलनले कांग्रेसभित्र नयाँ पुस्ता र पुराना नेतृत्वबीचको दूरी झन् बढाएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

    नेपाली कांग्रेसका केही नेताहरूले भने उक्त घटनालाई “अनुशासन विपरीत कार्य” भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले संवाद र संगठनभित्रै समाधान खोज्नुपर्ने बताएका छन्।

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend