२०८३, आश्विन २० गते

images

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

आइतवार, कार्तिक १६ २०८२०३:५०
आइतवार, कार्तिक १६ २०८२०३:५०
  • images

    काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७५ अंकले बढेर २,६३१ विन्दुमा कायम भएको छ। आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ।

    दिनभरिमा ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँ बराबरमा किनबेच भएका छन्। सबैभन्दा बढी कारोबार हिमालयन बैंक प्रोमोटर शेयरमा भएको छ, जसको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बजारमा कारोबार भएको छ। त्यसैगरी, यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख र बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    आज सबैभन्दा धेरै घाटा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले बेहोरेका छन्। यस कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको छ।

    बजारका १२ उपसूचकमा हरियाली छाएको छ। वाणिज्य बैंक समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको ५.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशत, जीवन बीमा समूहको ४.३५ प्रतिशतले शेयर मूल्य बढेको छ। आज ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend