२०८३, आश्विन २० गते

images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शनिवार, भाद्र १५ २०८१०९:५८
शनिवार, भाद्र १५ २०८१०९:५८
  • images

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ । आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रति लिटिर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६३ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

    यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ पाँच रुपैयाँ प्रति लिटर र  अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ३७ अमेरिकी डलर मूल्य घटाइएको छ । एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।

    petro.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend