२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको सुनुवाइ, न्यायाधीश...

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको सुनुवाइ, न्यायाधीश निरौलाको इजलासमा बहस जारी

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको सुनुवाइ, न्यायाधीश निरौलाको इजलासमा बहस जारी

मंगलवार, कार्तिक १८ २०८२०१:३७
मंगलवार, कार्तिक १८ २०८२०१:३७
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा मंगलबार सुनुवाइ भइरहेको हो।

    आजको इजलासमा तीनवटा मात्र मुद्दा पेसीमा रहेका छन्। तीमध्ये एउटा मुद्दा स्थगित भइसकेको र अर्को सुनुवाइ सम्पन्न भइसकेको हुँदा शाक्यको रिटमा केन्द्रित बहस भइरहेको सर्वोच्च स्रोतले जनाएको छ।

    शाक्यले आफूलाई अवैधानिक रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए। उनले अघिल्लो सरकारले चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको र आफ्नो कार्यकाल बाँकी रहँदै कुनै सुनुवाइको अवसर नदिई हटाइएको भन्दै सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

    सरकारले असोज ५ गते शाक्यलाई हटाई नेपाल विद्युत प्राधिकरणकै पूर्व उप–कार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

    शाक्य र कुलमान घिसिङबीच विद्युत प्राधिकरणको नेतृत्वमा पटक–पटक विवाद देखिँदै आएको छ। अघिल्लो कार्यकालमा कुलमानलाई हटाउँदै शाक्यलाई र पछिल्लो पटक शाक्यलाई हटाउँदै पुनः कुलमानलाई ल्याउने निर्णयहरूले प्राधिकरण भित्र राजनीतिक हस्तक्षेपको चर्चा समेत बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend