२०८३, आश्विन १९ गते

images

नेप्से परिसूचक १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्यो

नेप्से परिसूचक १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्यो

बुधवार, कार्तिक १९ २०८२०३:२३
बुधवार, कार्तिक १९ २०८२०३:२३
  • images

    काठमाडौं। बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७ विन्दुमा कायम भएको छ। कारोबारको अधिकांश समय नेप्से रातो रहेको भए पनि दिउँसो २ बजेपछि परिसूचक उकालो लागेको थियो। तर, नेप्से बढ्दा पनि कारोबार रकम केही घटेको छ। अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँमा सीमित भयो।

    आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनी घटेको छ र १२ कम्पनी स्थिर रहे। समूहगत सूचकमध्ये फाइनान्स समूह सर्वाधिक ३.४१ प्रतिशतले बढेको छ। बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ र व्यापार ०.४२ प्रतिशतले बढेका छन्। होटल तथा पर्यटन समूह भने ०.४५ प्रतिशतले घटेको छ।

    आज माबिलुङ इनर्जी र उन्नति सहकारी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। नेपाल फाइनान्स ८.७६, सम्पदा लघुवित्त ६.०६, माहुली लघुवित्त ५.१५ प्रतिशतले बढेका छन्। फर्स्ट माइक्रोफाइनान्स ७.४८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ। अभियान लघुवित्त ४.६७ र विन्ध्यबासिनी हाइड्रोपावर ४.०८ प्रतिशतले घटेका छन्।

    सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend