२०८३, आश्विन १९ गते

images

सागर पाण्डेको पक्षमा 'लविङ' गर्दै पर्यटन व्यावसायी

सागर पाण्डेको पक्षमा 'लविङ' गर्दै पर्यटन व्यावसायी

आइतवार, भाद्र १६ २०८१०१:४७
आइतवार, भाद्र १६ २०८१०१:४७
  • images

    काठमाडौं । ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्य समितिका लागि यही भदौ १७ गते निर्वाचन हुँदैछ । 
    निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको उम्मेदवारी दर्ता गराइसकेका छन् । 

    सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ । तर सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायहरुले लविङ गरिरहेका छन् । 

    व्यवसायीहरुले टान राजनीति गर्ने अड्डा नभएको भन्दै दलहरुको गुटविरुद्ध सबै व्यबसायीलाई एक हुन अपील पनि गरेका छन् ।   
    सागर पाण्डेलाई जुझारु व्यावसायीको पनि साथ र समर्थन रहेको छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । 

    पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले समस्याहरु समाधानबारे स्पष्ट खाका बनाएको बताएका छन् ।  उनले देशको समग्र पर्यटन पिवकासमा नयाँ आयाम ल्याउने पनि उल्लेख गरेका छन् । 

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend