२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ११ उद्योगले बुझाए बक्यौता, लाइन पुनः...

११ उद्योगले बुझाए बक्यौता, लाइन पुनः जडान

११ उद्योगले बुझाए बक्यौता, लाइन पुनः जडान

सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०४:२३
सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०४:२३
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको विद्युत लाइन काट्ने अभियान चलाएसँगै हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर आफ्नो लाइन पुनः जडान गराएका छन्।

    प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिलले प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेर ठूलो रकम भुक्तानी गरेको छ। यसअघि अन्य १० उद्योगले जम्मा ३० लाख ५८ हजार रुपैयाँ बुझाइसकेका थिए।

    बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान गत कार्तिक ४ गतेबाट सुरु भएको थियो। सुरुमा २५ उद्योगको लाइन काटिएकोमा हाल ११ वटा उद्योगले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडाएका छन्। प्राधिकरणले जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ, उसको विद्युत लाइन तत्कालै जोडिने नीति अपनाएको छ।

    बक्यौता बुझाउने ११ उद्योग:
    १. घराना फुड्स
    २. सिद्धार्थ पेट प्लास
    ३. एसआर फुड्स
    ४. गोएनका फुड्स
    ५. पञ्चकन्या इन्डस्ट्री
    ६. श्याम प्लास्टिक उद्योग
    ७. भल्बारी सुचालु कारखाना
    ८. पञ्चकन्या प्लास्टिक
    ९. एडुस रोलिङ मिल
    १०. एसआर स्टिल इन्डस्ट्रिज
    ११. रिलायन्स स्पिनिङ मिल

    यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend