काठमाडौँ । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकको यो अवधिमा खुद नाफा १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ११ करोड ५ लाख रुपैयाँ थियो।
बैंकको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १०.४२ प्रतिशतले घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ छ भने कुल सञ्चालन आम्दानी ९.७७ प्रतिशतले घटेर २ अर्ब ७७ करोड रुपैयाँ छ। सञ्चालन मुनाफा ११.३० प्रतिशतले बढेर १९ करोड ३५ लाख रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
खराब कर्जा अनुपात २.७५ प्रतिशत बिन्दुले बढेर ६.९९ प्रतिशत पुगेको बैंकले समीक्षा अवधिमा बैंकले ३ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड छ भने वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ऋणात्मक छ। गत वर्ष वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रुपैयाँ ऋणात्मक थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३० पैसाले बढेर ३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा छ।

