२०८३, आश्विन १९ गते

images

एन्फाको लापरबाहीले नेपाली फुटबल धरापमा

एन्फाको लापरबाहीले नेपाली फुटबल धरापमा

मंगलवार, कार्तिक २५ २०८२०१:१४
मंगलवार, कार्तिक २५ २०८२०१:१४
  • images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तर लापरबाही र व्यवस्थापनहीनताका कारण नेपाली फुटबल गम्भीर संकटमा परेको छ। झण्डै तीन वर्षदेखि देशको मुख्य घरेलु प्रतियोगिता सहिद स्मारक ए–डिभिजन लिग सञ्चालन हुन सकेको छैन। लिग नहुँदा खेलाडीहरू खेलविहीन बनेका छन् भने राष्ट्रिय टोलीको प्रदर्शन पनि लगातार खस्किँदै गएको छ।

    11.11.jpgघरेलु लिग बन्द हुँदा प्रशिक्षकहरूलाई खेलाडीको वर्तमान प्रदर्शनको आधारमा नभई पुराना रेकर्डका आधारमा टोली छनोट गर्नुपर्ने बाध्यता आएको छ। यसले राष्ट्रिय टोलीमा प्रतिस्पर्धा कमजोर बनाएको र खेलाडीको आत्मविश्वासमा ठूलो चोट पुर्‍याएको हरि खड्काले बताए।

    Hari khadka.jpg

    अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाल पछाडि धकेलिँदै गएको छ। पछिल्ला खेलहरूमा लगातार खराब नतिजा आएपछि मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका थिए। तर एन्फाले समयमै लिग सञ्चालन नगरी र पूर्वाधार सुधारमा ध्यान नदिँदा समस्या अझ जटिल बनेको छ।

    एन्फाको ढिलासुस्तीले खेलाडीहरू रोजगारी र फिटनेस दुवै गुमाउँदै छन्। ए–डिभिजन क्लबका खेलाडीहरू तीन वर्षदेखि प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहँदा उनीहरूको पेशागत जीवन संकटमा परेको छ। नयाँ प्रतिभा पहिचान र विकासमा पनि ठप्प अवस्था आएको छ।

    अब एएफसी एसियन कप छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ। तर, घरेलु मैदानमै खेल्नुपर्ने खेल समेत विदेशी मैदानमा खेल्नुपर्ने बाध्यता बनेको छ, किनभने देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला खेलका लागि अयोग्य छ।

    फुटबलका सरोकारवालाहरूले एन्फालाई तत्काल लिग सञ्चालन गर्ने, पूर्वाधार मर्मत गर्ने र पारदर्शी नीति अपनाउने माग गरेका छन्। उनीहरू भन्छन्, “एन्फा फुटबलको विकास होइन, राजनीतिमा व्यस्त छ। यदि यस्तो अवस्था जारी रह्यो भने नेपाली फुटबलको भविष्य अन्धकारमय हुनेछ।”

    नेपालमा तीन वर्षदेखि नलागेको लिग र कमजोर संघीय व्यवस्थापनका कारण फुटबलप्रेमीहरू निराश छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend