२०८३, आश्विन २० गते

images

नेप्से तीन दिनपछि उकालो यात्रामा

नेप्से तीन दिनपछि उकालो यात्रामा

मंगलवार, कार्तिक २५ २०८२०३:५४
मंगलवार, कार्तिक २५ २०८२०३:५४
  • images

    काठमाडौं । अघिल्ला तीन दिन लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार सुधारिएको छ। आज नेप्से ३.२१ अंकले बढ्दै २५६५ अंकमा बंद भएको छ। सुरुवाती समयमा नेप्से केही दबाबमा रहेपनि दिउँसो साढे १ बजेदेखि बजार पुनः उक्लिएको हो।

    आज १४२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १०२ कम्पनीका सेयर घटेका छन्। १० कम्पनीको मूल्य स्थिर रह्यो। यद्यपि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

    समूहगत सूचकहरूमा मिश्रित प्रभाव देखिएको छ। केही समूहमा सुधार देखिँदा केहीमा दबाब कायम रहेकै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend