काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेपाली शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २०.५६ अंकले ओरालो लागेर २५४४ को बिन्दुमा कायम भएको छ। बजारमा घटबढको क्रममा लगानीकर्ताको मनोबलमा केही दबाब देखा परेको छ।
यद्यपि बजारको समग्र गिरावटबीच केही कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बुधबार नयाँ सूचीकृत भएका भुगोल इनर्जी, सागर डिस्टीलरी, भुगोल हाइड्रो र बन्दिपु केवलकारका शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, आज अप्पर सोलु हाइड्रो, नेपाल माइक्रो इन्स्योरेन्स, स्वस्तिक लघुवित्त, सर्वोत्तम सिमेन्ट लगायतका कम्पनीका शेयरमूल्यमा वृद्धि देखिएको छ।

