काठमाडौँ । नेपालमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको दाबी गर्ने वल्र्डलिंकले खुलेआम ग्राहकलाई ठग्दै आइरहेको पाइएको छ । बीना अनुमति दुई बर्षे प्याकेज बिक्री गरेर वल्र्डलिंकले ग्राहकलाई ठगेकाे हाे ।
साउन २५ गते यससम्बन्धी सीएनएन खबरले विशेष खुलासा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरण तातेकाे थियाे । समाचार प्रकाशन लगत्तै प्राधिकरणले वल्र्डलिंकलाई पत्र पठाउँदै जवाफ माग गरेको थियो । तर, वल्डलिंकले अहिलेसम्म प्राधिकरणलाइ कुनै जवाफ नफर्काएकाे प्राधिकरणका उच्च अधिकारीले जानकारी दिए।
‘प्राधिकरण अन्तरगतको उपभोक्ता हित संरक्षण महाशाखाले वल्डलिंकसँग जवाफ माग गरेकाे थियो । तर अहिलेसम्म पाइएको छैन’, ती उच्च अधिकारीले भने, ‘वल्र्डलिंकले प्राधिकरणसँग अनुमति नै नलिई २ वर्षे प्याकेज बिक्री गर्दै आएको हामीले पनि जानकारी पाएका थियौँ, तर कारवाही गर्ने आधार नहुँदा हामी राेकिन पर्यो।’
पछिल्लो समय आइएसपीसँग प्राधिकरण नै डराउनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । ‘हामी नियामक निकाय हौँ, उनीहरुले गल्ती गरे कारवाही गर्ने अधिकार हामीलाई हुनुपर्ने हाे । तर, राजनीतिक पहुँचका आधारमा हामीमाथि नै आइलाग्ने गर्छन् ती अधिकारीले थपे ।’
गत चैत १५ गते नै वल्र्डलिंकको २५ वर्षे सेवा अवधि सकिसकेकाे छ । ५/५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, वल्र्डलिंककाे लाइसेन्स नवीकरण भैसकेको छैन् । प्राधिकरणले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लाइसेन्स नवीकरण रोकेको छ । ५ महिनादेखि वल्र्डलिंक बीना नवीकरण चलिरहेको छ ।
यद्यपी लाइसेन्स नवीकरण नभएका कारण कारवाहीको अधिकार आफूसँग नभएको भन्दै प्राधिकरण पन्छिने गरेको छ । ‘जुन कम्पनीको लाइसेन्स नै वैध छैन् त्यो कम्पनीलाई हामीले कसरी कारवाही गर्ने’, प्राधिकरणका ती अधिकारी सीएनएन खबरसँग उल्टै प्रश्न गर्छन् ।
याे पनि :
खुलेआम ग्राहक ठग्दै वर्ल्डलिंकः बक्यौता रकम भुक्तानी गर्न अनुमति बिनै २ वर्षे प्याकेज बिक्री

