२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अनेरास्ववियु अध्यक्षको जिम्मा धामीलाई, कडरियाको राजीनामा...

अनेरास्ववियु अध्यक्षको जिम्मा धामीलाई, कडरियाको राजीनामा स्वीकृत

अनेरास्ववियु अध्यक्षको जिम्मा धामीलाई, कडरियाको राजीनामा स्वीकृत

सोमवार, मंसिर १ २०८२०२:०९
सोमवार, मंसिर १ २०८२०२:०९
  • images

    काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा। सुजन कडरियाले राजीनामा दिएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा उनले राजीनामा दिएका हुन् । 

    उनले दिएको राजीनामा आजै स्वीकृत भएको छ । उनले राजीनामा स्वीकृत गर्दै आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।

    भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । तर एमालेले घर फर्क अभियान घोषणा गरेर रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई भित्राएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend