काठमाडौँ । सोमबार नेप्से परिसूचक ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन बन्दिपुर केवलबार, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

