काठमाडौँ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो। परिसूचक घटेसँगै कारोबार रकम पनि पौने ४ अर्बमा समेटिएको छ ।
बुधबार बजार ४.९८ अंकले घटेको हो । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५६१.०८ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि होटल, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमशः १.१६, ०.४२, ०.३५ र ०.३२ प्रतिशतले बढेका छन् । अरु बाँकी समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.०९ प्रतिशतले घटेको हो ।
आज ३३८ कम्पनीका ८३ करोड ८८ लाख ३ सय ७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७ सय ७१.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ८ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । माबिलुङ हाइड्रो, दरमखोला हाइड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुंगल हाइड्रो, सान्भी इनर्जी र बन्दीपुर केबलकारका लगानीकताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९९, ९९९, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज बरुण हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ४० लाख ४४ हजार ३ सय २१.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ५.१५ अंकले बजार घट्दा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७ सय ९३.७३ रुपियाँ, सोमबार ९.७८ अंकले बजार बढ्दा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३ सय ५८.८९ रुपियाँ र हिजो मंगलबार १५.७० अंकले बजार बढ्दा ४ अर्ब १० करोड ५४ लाख ६ हजार १ सय ३४.०२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

