२०८३, श्रावण २५ गते

images

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

images
शुक्रवार, मंसिर ५ २०८२१०:४६
शुक्रवार, मंसिर ५ २०८२१०:४६
  • काठमाडौँ । कृषि विकास बैंकले बार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २९ गतेका लागि सभा बोलाएको हो ।

    सभा बोलाएको बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ । मंसिर १३ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

    बैंकले गत आर्थिक वर्षको नाफाबाट ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यस्तै सभामा अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई तोकिएबमोजिम करसहित चुक्तापुँको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend