२०८३, आश्विन १९ गते

images

साताको पहिलो कारोबार दिन नै दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन नै दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आइतवार, मंसिर ७ २०८२०३:१३
आइतवार, मंसिर ७ २०८२०३:१३
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ३९.९२ अंकले बढेसँगै २६०० विन्दुमा पुगेको हो। 

    दोहोरो अंकले परिसूचक बढेसँगै रकम पनि ६ अर्ब नाघेको छ। कुल १ करोड ३३ लाख कित्ता बिक्रीपछि ६ अर्ब २८ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

    आइतबार २३७ वटा सेयरको मूल्य बढ्दा १८ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

    सागर डिस्टिलरी, बन्दीपुर केबलकार, झापा इनर्जी, स्वस्तिक लघुवित्त र छ्याङदी हाइड्रोका लगानीकर्ताले आज १० प्रतिशतसम्म आम्दानी गरेका छन्। 

    पिपुल्स हाइड्रोका लगानीकर्ताले भने ७.६५ प्रतिशत गुमाएका छन्। कारोबारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी अगाडि छ। एनआरएनको ६५ करोडको किनबेच हुँदा बाँकीको अधिकतम ३४ करोडसम्म किनबेच भएको छ।

    आइतबार सामूहिक लगानीबाहेक बाँकी सूचक बढेको नेप्सेले जनाएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend