२०८३, आश्विन १९ गते

images

५ दिन बढेर बन्द भएको नेप्से परिसूचक आइतबार पहिलो दिनमै घट्यो

५ दिन बढेर बन्द भएको नेप्से परिसूचक आइतबार पहिलो दिनमै घट्यो

आइतवार, मंसिर १४ २०८२०३:१७
आइतवार, मंसिर १४ २०८२०३:१७
  • images

    काठमाडौँ । गत साता बढेर बन्द भएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन नै घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २६.५१ अंक घटेर २६४९.५२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ८४ हजार १५६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ८.९९ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend