२०८३, आश्विन १९ गते

images

सेयर बजार दोहोरो अंकले घटयो, ५ कम्पनीमा सर्किट

सेयर बजार दोहोरो अंकले घटयो, ५ कम्पनीमा सर्किट

बुधवार, मंसिर १७ २०८२०३:२६
बुधवार, मंसिर १७ २०८२०३:२६
  • images

    काठमाडौँ । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा पुगेको छ।

    नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३३२ स्क्रिप्सको १ करोड ८ लाख ७३ हजार  ३७२ कित्ता  ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भए।

    मंगलबार  ४ अर्ब ४८ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।सागर डिष्टिलरी,मिथिला लघुवित्त वित्तीय संस्था,झापा इनर्जी,स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर १० प्रतिशतले बढेको हो।

    बन्दिपुर केवलकार १८ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सले १७ करोडको कारोबार गर्दा नगदी ग्रुपको १४ करोड,ट्रेड टावरको १० करोड र सिकलेस हाइड्रोपावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १७७ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने आज स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend