२०८३, आश्विन १९ गते

images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

मंगलवार, मंसिर २३ २०८२०३:२५
मंगलवार, मंसिर २३ २०८२०३:२५
  • images

    काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला केही दिनयता घट्न थालेको नेप्से मंगलबार झिनो अंकले बढेर बन्द भएको हो  

    मंगलबार नेप्से परिसूचक ७.३९ अंक बढेर २६१४.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ६२ हजार ६६५ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको ८७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend