२०८३, आश्विन १९ गते

images

घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

बुधवार, मंसिर २४ २०८२०३:१३
बुधवार, मंसिर २४ २०८२०३:१३
  • images

    काठमाडौँ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार न्यून बढेर बन्द भएको कारोबार बुधबार घटेको हो । 

    बुधबार नेप्से परिसूचक ७.८६ अंक घटेर २६०६.२० विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।२८ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    आज ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

    यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको झापा इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। बुधबार म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend