२०८३, आश्विन १९ गते

images

टान नयाँ कार्यसमितिको पदभार ग्रहण, ९ वर्षपछि नेतृत्वमा फर्किए पाण्डे

टान नयाँ कार्यसमितिको पदभार ग्रहण, ९ वर्षपछि नेतृत्वमा फर्किए पाण्डे

आइतवार, भाद्र २३ २०८१०६:५१
आइतवार, भाद्र २३ २०८१०६:५१
  • images

    काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नव निर्वाचित अध्यक्ष सहित कार्यसमितिका सदस्यको पदभार हस्तान्तरण सम्पन्न भएको छ ।

    आइतबार टान कार्यालयमा एक कार्यक्रमको आयोजनाबीच पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो । 

    पदबहाली कार्यक्रमा बोल्दै नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले पुरानो कार्यसमितिले छोडेर गएका कामलाई जिम्मेवारी पूर्वक पूरा गर्ने बताए । 

    म ९ वर्षपछि टानको कार्यसमितिमा फर्किएको छु । आजभन्दा ९ वर्ष अगाडी म टानको महासचिव भएको थिए । टान कार्यसमिति र पर्यटनमा मेरो अनुभव नयाँ छैन्’, उनले भने, ‘निलहरि बास्तोलाको समूहले गरेका कामलाई पूर्ण रुपमा सहयोग गर्दै मेरो कार्यकालमा नयाँ कामको सुरुवात गर्नैछ । उहाँहरुले छोडेर गएको छापलाई मेरो कार्यकालमा छि भन्ने वातावरण म बनाउन् दिन्न् ।’

    sagar pandey.jpg

    उनले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने तर्फ आफ्नो ध्यान हुने भन्दै नवनिर्वाचित पदाधिकारीलाई सहयोग गर्न आग्रह गरे । 

    पदभार हस्तान्तरणमा टानका निर्वतमान अध्यक्ष निलहरि बास्तोलाले ऋणको थुप्रोमा थलिएको टानलाइ ऋण मुक्त बनाएर यो अवस्थामा ल्याईएको बताए ।

    उनले ऋण मुक्त सँगै वर्तमान कार्यसमितिले थुप्रै राम्रा कामको सुरूवात गरिएको बताए। पर्यटन प्रवद्दनका लागि टानले अहिलेसम्म २१ वटा पालिकामा सम्झौता गरिएकोमा ६ वटामा काम सुरू भएको बताए ।

    २ वर्ष अघि टानको कार्यभार सम्हाल्दै गर्दा १ करोडभन्दा बढी ऋणमा डुबेको टानलाई उनले ऋणमुक्त सँगै नयाँ कार्यसमितिलाई २५ लाखभन्दा बढी रकम सहित पद हस्तान्तरण गरे । 

    टानको ४६ औं वार्षिक साधरणसभाबाट २ वर्षे कार्यकालका लागि अध्यक्षमा सागर पाण्डे, सोनाम ग्यल्जेन शेर्पा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा, सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका थिए । 

    त्यस्तै, कार्यसमिति सदस्यमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका थिए ।

    गठबन्धनका उम्मेदवारलाई हराउँदै पाण्डे बने टानको अध्यक्ष, को हुन उनी ? गठबन्धनका उम्मेदवारलाई हराउँदै पाण्डे बने टानको अध्यक्ष, को हुन उनी ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend