२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीद्धारा पदभार...

पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण

पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण

सीएनएन खबर
आइतवार, भाद्र २३ २०८१०७:२९
सीएनएन खबर
आइतवार, भाद्र २३ २०८१०७:२९
  • images

    काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले आइतबार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पदभार ग्रहण गरेका छन् । 

    पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरे । 

    उनले बोर्ड सार्वजनिक निजी साझेदारी –पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए । ‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो । निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो’, उनले भने । 

    आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले समुह कार्यबाट ती सबैकाम गर्न सकिने बताए । उनले आफु कुनै पूवाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

    सो अवसरमा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिईन । 

    यस्तै कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समय देखि कर्मचारीको वृति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताए । 

    नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ (चार) वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो । नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरि सकेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend