२०८३, आश्विन १९ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

आइतवार, पौष ६ २०८२०३:२६
आइतवार, पौष ६ २०८२०३:२६
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ७० हजार ५७६ पटकको कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    एसवाई प्यानल नेपालको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६२ रुपैयाँ २० पैसा बढेर ६८४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशत बढेको छ भने ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १३ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend