२०८३, आश्विन १९ गते

images

विजय लघुवित्तको एफपीओ बिक्री खुल्ला, कति कित्ता सम्म दिने आवेदन ?

विजय लघुवित्तको एफपीओ बिक्री खुल्ला, कति कित्ता सम्म दिने आवेदन ?

सोमवार, पौष २१ २०८२१०:३०
सोमवार, पौष २१ २०८२१०:३०
  • images

    काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो ।

    साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४:३९ः२५:६१ रहेको थियो। एफपीओ मार्फत उक्त अनुपातलाई समायोजन गर्ने योजना रहेको लघुवित्तले जनाएको छ।

    यस एफपीओ अन्तर्गत लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर (प्रतिकित्ता १०० रुपैयाँ अंकित दर) सार्वजनिक निष्कासन गरेको छ।

    एफपीओ निष्कासन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरी आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

    यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend