२०८३, आश्विन १९ गते

images

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल नियुक्त

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल नियुक्त

सोमवार, पौष २१ २०८२०४:०७
सोमवार, पौष २१ २०८२०४:०७
  • images

    काठमाडौँ । पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ । 

    कम्पनीको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो ।

    पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

    सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले सो सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मे.वा. क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र मिति २०८३ कार्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।

    माछापुच्छ«े क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend