काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक करिब दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २ हजार ६४९.३० विन्दुमा बन्द भएको हो।
आज १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, जीवन विकास लघुवित्त र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ ।

