२०८३, आश्विन १९ गते

images

बीमामा सम्पत्ति शुद्धीकरणको आशंका, माघ १ गतेदेखि सबै भुक्तानी अब अनलाइनबाटै

बीमामा सम्पत्ति शुद्धीकरणको आशंका, माघ १ गतेदेखि सबै भुक्तानी अब अनलाइनबाटै

मंगलवार, पौष २२ २०८२०५:०९
मंगलवार, पौष २२ २०८२०५:०९
  • images

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

    प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाउन  निर्देशन दिएको हो।

    सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानुन बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था गरेकोले प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।

    नेपाल सरकारले पनि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ।  

    यसअघि नै प्राधिकरणले  स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend