२०८३, आश्विन २० गते

images

हास्य कलाकार ईकु पक्राउ

हास्य कलाकार ईकु पक्राउ

बुधवार, भाद्र २६ २०८१०२:५२
बुधवार, भाद्र २६ २०८१०२:५२
  • images

    काठमाडौं । हास्य कलाकार सुलेमान शंकर (ईकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार पक्राउ गरेको हो । ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ ।
    उनको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मासमेत भएको खुलेको छ । ईकुलाई काठमाडौं बूढानीलकण्ठ हात्तीगौडाबाट पक्राउ गरेको हो । उनीमाथि सीआईबीले थप अनुसन्धान अघि बढाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend