काठमाडौँ । विगत दुई कारोबार दिनदेखि बढिरहेको सेयर बजारमा बुधबार भने ब्रेक लागेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक १३.३५ अङ्कले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२२ अङ्कले घटेको छ ।
कारोबारमा सुस्तता बजार घटेसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकममा उल्लेख्य गिरावट देखिएको छ। मंगलबार ७ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार झण्डै २ अर्बले घटेर ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३२३ कम्पनीका १ करोड ६ लाख ३३ हजार कित्ता सेयर ७२,४७४ पटक किनबेच भए।
सर्वाधिक नाफास् नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.०८ प्रतिशतको बढोत्तरी भयो। अन्य बढ्ने कम्पनीको वृद्धिदर ३.५ प्रतिशतभन्दा न्यून रह्यो।
सर्वाधिक घाटास् एसवाई प्यानल नेपालको सेयर मूल्य सबैभन्दा बढी ८.४५ प्रतिशतले घट्यो। यस्तै, जीवन विकास लघुवित्त ९६.५५० र विन नेपाल लघुवित्तको ९५.५५० मूल्यमा पनि गिरावट आयो।
कारोबारमा अग्रता कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो, जसको २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भयो। श्रीनगर एग्रीटेकको २३ करोड ५० लाख र मञ्जुश्री फाइनान्सको २० करोड रुपैयाँ माथिको सेयर किनबेच भयो।
उपसमूहगत अवस्था कुल १३ उपसमूहमध्ये बुधबार दुईवटा उपसमूह (वित्त र व्यापार) मात्रै सामान्य बढेका छन् भने बाँकी ११ उपसमूह राताम्मे रहे। होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी १.४२ प्रतिशतले घट्यो भने उत्पादन तथा प्रशोधन समूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट देखियो।

