२०८३, आश्विन १९ गते

images

नेप्से ४ अंकले उकालो, ४ अर्ब ९० करोडको सेयर कारोबार

नेप्से ४ अंकले उकालो, ४ अर्ब ९० करोडको सेयर कारोबार

बिहिवार, पौष २४ २०८२०३:२८
बिहिवार, पौष २४ २०८२०३:२८
  • images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले वृद्धि भई २६४० बिन्दुमा पुगेको छ ।

    नेप्सेका अनुसार आजको कारोबारमा १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    बिहीबार ३२८ कम्पनीका करिब १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रहँदै २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यसैगरी, बन्दिपुर केबलकारको १७ करोड, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टिलरीको १५ करोड तथा शिवम् सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    समूहगत सूचकतर्फ बिहीबार सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ समूह ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९ तथा निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढेका छन् ।

    यता फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार समूह ०.२२ प्रतिशतले घटेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend