२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • विदेशी मुद्रा सञ्चिति मजबुतः असारदेखि मंसिरसम्म...

विदेशी मुद्रा सञ्चिति मजबुतः असारदेखि मंसिरसम्म करिब ६ खर्बले वृद्धि

विदेशी मुद्रा सञ्चिति मजबुतः असारदेखि मंसिरसम्म करिब ६ खर्बले वृद्धि

शुक्रवार, पौष २५ २०८२०३:१७
शुक्रवार, पौष २५ २०८२०३:१७
  • images

    काठमाडौं ।  २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई ३ खर्ब ३५ अर्ब कायम भएको छ । २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेकोछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend