२०८३, आश्विन १९ गते

images

रोकियो खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण

रोकियो खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण

शुक्रवार, पौष २५ २०८२०३:२५
शुक्रवार, पौष २५ २०८२०३:२५
  • images

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण विवादमा तानिएपछि रोकिएको छ । एनआरएनको निमन्त्रणमा अमेरिका जान लागेका उनको भ्रमण रोकिएका प्रमुख स्वकीय सचिव विनोद रिमालले जानकारी दिए । 

    उनले मन्त्री अमेरिका जाने तयारी भएतापनि क्याबिनेटको निर्णयमा ढिलाई हुँदा भिसा प्रक्रियाका लागि आवेदन नै नदिएको बताए । 

    नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।  

    मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend