२०८३, आश्विन १९ गते

images

सकियो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९ औँ साधारण सभा

सकियो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९ औँ साधारण सभा

बुधवार, पौष ३० २०८२०५:३१
बुधवार, पौष ३० २०८२०५:३१
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बुधबार काठमाडौंस्थित एलिस रिसेप्सनमा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा साधारण सभा आयोजना गरिएको हो ।

    सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारण सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वासलात, नाफा–नोक्सान हिसाब र अन्य वित्तीय विवरणहरू प्रस्तुत गरी आवश्यक छलफलसहित पारित गरिएको बैंकले जनाएको छ ।

    सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप अघिल्लो वर्षको तुलनामा ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यसले बैंकप्रति निक्षेपकर्ताको विश्वास निरन्तर बढ्दै गएको संकेत गरेको छ ।

    कर्जा प्रवाहतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ । समीक्षा अवधिमा २० अर्ब ८४ करोड रुपैयाँले कर्जा विस्तार भई बैंकको खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । यसले बैंकले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहलाई निरन्तरता दिएको देखाउँछ ।

    यस्तै, बैंकको लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । संस्थागत वित्तीय सबलताका हिसाबले बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ कायम रहेको छ भने कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

    सभामा अध्यक्ष पाँडेलगायत सञ्चालक समितिका सदस्यहरूले बैंकको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल बैंकिङ, जोखिम व्यवस्थापन र ग्राहक सेवा विस्तारमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । बैंकले दीर्घकालीन रणनीतिमार्फत दिगो वृद्धि र शेयरधनी मूल्य अभिवृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend