२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विशेष महाधिवेशन : सभापतिमा गगन थापा...

विशेष महाधिवेशन : सभापतिमा गगन थापा चयन, यस्ता छन् अन्य पदाधिकारी

विशेष महाधिवेशन : सभापतिमा गगन थापा चयन, यस्ता छन् अन्य पदाधिकारी

बिहिवार, माघ १ २०८२१२:००
बिहिवार, माघ १ २०८२१२:००
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७ देखि सुरु भएको विशेष महाधिवेशनले कांग्रेसको सभापतिमा गगनलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

    उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

    सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend