२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गगन थापा भन्छन्–महाधिवेशन पार्टीको सर्वोच्च निकाय...

गगन थापा भन्छन्–महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको निर्णय नै अन्तिम हुन्छ

गगन थापा भन्छन्–महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको निर्णय नै अन्तिम हुन्छ

बिहिवार, माघ १ २०८२०५:५५
बिहिवार, माघ १ २०८२०५:५५
  • images

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी र अन्तिम हुने दाबी गरेका छन् । विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तन सम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।

    उनले भने,‘विशेष महाधिवेशनले नेतृत्व चयन सम्बन्धी निर्णय समेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्यसमिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्यसमितिको विवरण राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’

    थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सिसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे ।

    उनले भने, ‘हामीले आज निर्वाचन आयोगमा त्यहीँ कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरशिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ । त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं । माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ । त्यसैले भोलि ढिलोमा पर्सिसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौं, बाहिर पनि सार्वजनिक छन् ।’

    महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्ने पार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend